साफ च्याम्पियनसिप खेल्ने नेपालको अवसर गुम्यो, फिफाको प्रतिबन्धले फुटबलमा धक्का

साफ च्याम्पियनसिप खेल्ने नेपालको अवसर गुम्यो, फिफाको प्रतिबन्धले फुटबलमा धक्का

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको हो।

बंगलादेशको ढाकामा नोभेम्बर ५ देखि १७ सम्म आयोजना हुने १५औँ साफ च्याम्पियनसिपमा सहभागी हुन दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई सेप्टेम्बर ३० सम्मको समय दिएको थियो। तर उक्त समयसीमासम्म पनि फिफाको प्रतिबन्ध नहटेपछि नेपालको सहभागिताको सम्भावना समाप्त भएको हो।

फिफाले जुन २४ मा एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। त्यसपछि नेपाली राष्ट्रिय टोली र क्लबहरूले आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर गुमाउँदै आएका छन्।

नेपालले यसअघि साफ च्याम्पियनसिपका सबै १४ संस्करणमा सहभागिता जनाएको थियो। सन् २०२१ मा पहिलोपटक फाइनल पुगेको नेपाल यसपटक भने प्रतियोगितामै अनुपस्थित रहनेछ। नेपालको अनुपस्थितिमा यस संस्करणमा बंगलादेश, भुटान, श्रीलंका, भारत, पाकिस्तान र माल्दिभ्स गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यससँगै नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामा तीन दशकभन्दा लामो निरन्तरता टुटेको छ। एन्फा र सरकारी निकायबीचको विवाद तथा फिफाको निलम्बनका कारण यसको प्रत्यक्ष असर खेलाडी र नेपाली फुटबलमा परेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP