पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्तलाई अनुसन्धानका लागि चार दिनको म्याद

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्तलाई अनुसन्धानका लागि चार दिनको म्याद

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले अदालतबाट चार दिनको म्याद पाएको छ।

कात्तिक १६ गते पक्राउ परेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४, भैरहवाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। अहिले उनीमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान भइरहेको सीआईबीका एसपी योगेन्द्रकुमार खड्काले बताएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण दुरुपयोग भएको आशंका छ। बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भुगर्भ सिमेन्ट कम्पनीका नाममा लिइएको उक्त ऋण तोकिएको प्रयोजनमा खर्च नगरी अन्य बैंक खातामा राखिएको र सेयरमा लगानी गरिएको प्रहरीको भनाइ छ।

ऋणको रकम निर्धारित प्रयोजनभन्दा बाहिर लगानी गरिएको देखिएकाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP