सडकमा माटो फालेर फोहोर गर्ने व्यक्तिलाई काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना

सडकमा माटो फालेर फोहोर गर्ने व्यक्तिलाई काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा माटो फालेर फोहोर गर्ने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

महानगर प्रहरी बलका अनुसार वडा नम्बर ३ स्थित थाई दूतावासअगाडि नयाँ घर निर्माणका क्रममा सडकमा माटो खसालेर सार्वजनिक स्थान फोहोर गरिएको थियो। उक्त कार्यमा संलग्न मनोज उप्रेतीलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।

पछिल्लो समय निर्माण सामग्री सडक तथा सार्वजनिक स्थानमा थुपार्ने र फोहोर गर्ने गतिविधि बढेपछि महानगरपालिकाले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ। सार्वजनिक स्थान सफा राख्न र वातावरण प्रदूषण रोक्न महानगरले यस्तो कदम चालेको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP