एनपीएल : जनकपुरले टस जितेर लुम्बिनीलाई दियो ब्याटिङको निम्तो

एनपीएल : जनकपुरले टस जितेर लुम्बिनीलाई दियो ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरको निर्णयसँगै लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ।

यस सिजन लुम्बिनी अपराजित रहने एक्लो टोली हो। तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ। चार खेल खेलेको जनकपुरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ।

आजको खेलका लागि लुम्बिनीले अभिशेष गौतमको स्थानमा दिलीप नाथलाई टोलीमा समेटेको छ। यस्तै, जनकपुरले अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता तथा परभेज हुसेन इमोनलाई पहिलो रोजाइमा खेलाएको छ। मोइन अली अबुधाबी टी-१० लिग खेल्न गइसकेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP