तिहारका लागि सुन-चाँदीका सिक्का किन्न राष्ट्र बैंकमा भीड, बिहानैदेखि लामो लाइन

तिहारका लागि सुन-चाँदीका सिक्का किन्न राष्ट्र बैंकमा भीड, बिहानैदेखि लामो लाइन

काठमाडौं । तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुन-चाँदीका सिक्का बिक्री सुरु गर्ने भएपछि खरिदकर्ताको भीड लागेको छ। बबरमहलस्थित टक्सार महाशाखाअगाडि सिक्का किन्न चाहनेहरूको बिहानैदेखि लामो लाइन लागेको हो।

राष्ट्र बैंकले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दैछ। बिक्री आज र भोलि दुई दिनसम्म चल्नेछ। यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी असर्फीसमेत बिक्रीमा राखेको छ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का किन्न सक्नेछन्। तिहारमा सुन-चाँदीका सिक्का खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वासका कारण पनि यसको माग बढ्ने गरेको छ।

सुन-चाँदीको सिक्काको मूल्य सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुन्छ। आज सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँ पुगेको छ। सिक्का उत्पादन खर्चसमेत जोडेर राष्ट्र बैंकले बिक्री मूल्य तय गर्ने जनाएको छ।

सिक्का किन्न नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP