खोटाङमा रेबिज संक्रमणबाट ५९ वर्षीया महिलाको मृत्यु, २८ जनालाई खोप

खोटाङमा रेबिज संक्रमणबाट ५९ वर्षीया महिलाको मृत्यु, २८ जनालाई खोप

खोटाङ । बिरालोले टोकेको तीन महिनापछि रेबिज संक्रमणका कारण खोटाङमा एक महिलाको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे इजाराकी ५९ वर्षीया कृष्णमाया थापाको कात्तिक १८ गते मृत्यु भएको हो।

गाउँपालिकाका प्रवक्ता भूपेन्द्र बस्नेतका अनुसार तीन महिनाअघि रातको समयमा बिरालोले थापाको खुट्टामा टोकेको थियो। कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका स्वास्थ्यकर्मीले जाँच गर्दा रेबिजको आशंका भएपछि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको थियो। त्यहाँ संक्रमण पुष्टि भएपछि नोबेल मेडिकल कलेजमा रेफर गरिएको थियो। तर उपचार सम्भव नहुने भन्दै भर्ना नगरिएपछि घर फर्काउने क्रममा उनको मृत्यु भएको प्रवक्ता बस्नेतले बताए।

घटनापछि बिरामीको सम्पर्कमा आएका तथा उपचार र ओसारपसारमा संलग्न २८ जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ। स्वास्थ्यकर्मी रमेश यादवले समेत खोप लगाएका छन् भने संक्रमणको जोखिममा रहेका थप १० जनालाई खोप दिन बाँकी छ।

गाउँपालिकाका अनुसार दोस्रो डोजका लागि आधारभूत अस्पताल ओख्रेमा खोप अभाव भएको छ। खोप व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको र आवश्यक परे गाउँपालिकाले आफैँ खरिद गर्ने अध्यक्ष लोकेन्द्र राईले प्रतिबद्धता जनाएका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP