एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखभन्दा बढीको कारोबार

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइन सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेलमा बस्दै आएका भारतको बिहारस्थित भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP