चर्चामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारमा स्वदेशी फूल बिक्रीका लागि महानगर क्षेत्रभित्र ३३ स्थान उपलब्ध गराएको छ। नेपाली किसानले उत्पादन गरेका फूललाई बजार सुनिश्चित गर्ने र उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने उद्देश्यले बिक्रीस्थल तोकिएको महानगरले जनाएको छ।
नयाँ बानेश्वर, शङ्खमूल, चाबहिल, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, कालीमाटी, कलङ्की, महाराजगञ्ज, गोङ्गबु, बालुवाटारलगायत स्थानमा फूल बिक्री गर्न सकिनेछ। तीनकुने र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन्।
सम्पर्क नम्बर उपलब्ध नभएका बिक्रीस्थलमा महानगर प्रहरी बलले सहजीकरण गर्नेछ। त्यसका लागि ०१-५९०१७६३, ०१-५९०१७६४ वा ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिएका छन्।
महानगरले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध रहेको स्मरण गराउँदै स्वदेशी फूलको प्रयोग गर्न आग्रह गरेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!