संघीयताको नौ वर्षे अभ्यास समीक्षा गरी संविधान संशोधनको बहस गर्नुपर्ने मुख्यमन्त्री शाहीको भनाइ

संघीयताको नौ वर्षे अभ्यास समीक्षा गरी संविधान संशोधनको बहस गर्नुपर्ने मुख्यमन्त्री शाहीको भनाइ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गर्दै संविधान संशोधनबारे बहस अघि बढाउनुपर्ने बताएका छन्।

मुगुको रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयको गम्भीर समीक्षा आवश्यक रहेको बताए। संघीयताबाट के उपलब्धि हासिल भयो, अझै के गर्न बाँकी छ र प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री शाहीले संविधानले परिकल्पना गरेको सहअस्तित्व, सहकार्य र समन्वयको भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए। तीन तहका सरकारबीच प्रभावकारी सहकार्य हुन नसके जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्न कठिन हुने उनले बताए।

उनले सम्मेलनबाट न्यायिक क्षेत्रको एकता, आगामी कार्ययोजना, नीति तथा कार्यदिशा तय हुनुपर्ने धारणा पनि राखे। साथै, पर्यटकीय सम्भावना बोकेको रारामा आवश्यक पूर्वाधार र सुविधाको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP