सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गरिँदै, दक्ष जनशक्ति उत्पादन सुरु

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गरिँदै, दक्ष जनशक्ति उत्पादन सुरु

काठमाडौँ । सरकारले सातवटै प्रदेशमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका सात ठूला अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने तयारी गरेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

यसका लागि कोशीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पताललगायतमा सेवा विस्तार गर्न लागिएको हो।

पहिलो चरणमा नारायणी अस्पताल र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिने एडभान्स बर्न केयर तालिम दिइएको छ। यसअघि उनीहरूलाई छदिने प्राथमिक जलन उपचार तालिमसमेत प्रदान गरिएको थियो। आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी तालिम कीर्तिपुर अस्पतालमा सञ्चालन गरिएको हो।

तालिम प्राप्त जनशक्तिले सम्बन्धित अस्पतालमा जलन उपचार वार्ड स्थापना तथा गुणस्तरीय सेवा विस्तारमा काम गर्नेछन्। तिहारपछि अन्य प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने विभागले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP