चर्चामा
मकवानपुर । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन देउसी-भैलो खेल्ने समय राति ९ बजेसम्म तोकेको हो।
प्रशासनले पटका, भुइँचम्पा र आतिशबाजीजस्ता विस्फोटक तथा प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। त्यस्तै, प्लास्टिकका फूल तथा माला उत्पादन, आयात, बिक्रीवितरण र भण्डारण नगर्न पनि आग्रह गरेको छ।
जुवातास, सट्टेबाजी र लंगुरबुर्जा खेल्न तथा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा गर्नसमेत रोक लगाइएको छ। अखाद्य तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना गरी मूल्य नबढाउन र सवारीसाधनमा बढी भाडा नलिन प्रशासनले सचेत गराएको छ।
दीप प्रज्वलन तथा विद्युतीय बत्ती प्रयोग गर्दा आगलागीबाट बच्न सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आग्रह गरेका छन्। निर्देशनविपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!