चर्चामा
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लागेको छ। पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो।
मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्याएको आरोप लगाएका छन्। उनीमाथिको अनुसन्धान गत अप्रिलमा सार्वजनिक भएको थियो।
सन् २०२२ मा पोलिटब्युरो सदस्य बनेका मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिष्ट पार्टी प्रमुख थिए। त्यसअघि उनले गुआङ्दोङ प्रान्तको गभर्नरका रूपमा काम गरेका थिए। पेसाले इन्जिनियर रहेका उनले राजनीतिमा आउनुअघि एयरोस्पेस उद्योगमा काम गरेका थिए।
राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत कारबाहीमा पर्ने उनी पछिल्ला वरिष्ठ अधिकारी हुन्। हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौँ पूर्ण अधिवेशनले मा सहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो।
विश्लेषकहरूका अनुसार चीनमा भ्रष्टाचारविरोधी अभियान भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमसमेत बनेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!