चर्चामा
काठमाडौं । युरोपमा फ्रिज तथा चिस्यान प्रणालीलाई लक्षित गरी साइबर हमला भइरहेका बेला फ्रान्सका तीन रक्त भण्डारण केन्द्र पनि ह्याकरको निशानामा परेका छन्। फ्रान्सको राष्ट्रिय रक्त सेवा (ईएफएस) का तीन केन्द्रमा राखिएका प्लाज्मा भण्डारण गर्ने चिस्यान प्रणालीको तापक्रम नियन्त्रण गर्ने उपकरणमा ह्याकरले अनधिकृत पहुँच बनाएको पाइएको हो।
फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार नोभेम्बर २ को राति भएको आक्रमणमा चिस्यान कक्षको तापक्रम तथा डिफ्रोस्ट गर्ने सेटिङलाई अत्यधिक बढाइएको थियो। यसले रक्तजन्य सामग्री बिग्रन सक्ने जोखिम निम्त्याएको थियो।
तर केन्द्रमा जडित निगरानी तथा अलार्म प्रणालीले असामान्य गतिविधि तत्काल पहिचान गरेपछि कर्मचारीले समयमै आवश्यक कदम चालेका थिए। भण्डारणमा रहेका प्लाज्मा तथा अन्य नमुनालाई सुरक्षित स्थानमा सारिएको वा सुरक्षित गरिएको र कुनै पनि रक्तजन्य सामग्री नष्ट नभएको ईएफएसले जनाएको छ।
आक्रमणबाट बिरामीको उपचारमा असर नपरेको र रक्त संकलन तथा वितरण सेवा नियमित रूपमा सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन्। प्रभावित उपकरणको रिमोट पहुँचसमेत बन्द गरिएको छ।
यो घटना युरोपका विभिन्न देशमा सुपरमार्केटका फ्रिज तथा फ्रिजरलाई लक्षित गरी भएका साइबर हमलापछि सार्वजनिक भएको हो। बेल्जियम, स्विडेन, नेदरल्यान्ड्स, जर्मनी, इटालीलगायत देशमा चिस्यान प्रणालीको तापक्रम अनधिकृत रूपमा बढाइँदा ठूलो परिमाणमा खाद्य सामग्री बिग्रिएको थियो।
फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयले घटनाको अनुसन्धान गरिरहेका छन्। हालसम्म आक्रमणकारीको पहिचान र उद्देश्य सार्वजनिक भएको छैन।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!