चर्चामा
नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। जनकपुरका हर्मीत सिंहले ३३, आदित्य महताले अविजित ३० र सेफ हसनले २८ रन बनाए। लुम्बिनीका डार्सी सर्टले ३ तथा तिलक भण्डारीले २ विकेट लिए। यस जितसँगै चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा कायम छ। पाँच खेल खेलेको जनकपुर भने तेस्रो हारसँगै दबाबमा परेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!