चर्चामा
काठमाडौं । सरकारले अब सातै प्रदेशमा जलनका बिरामीलाई सहज उपचार सेवा दिने तयारी गरेको छ। त्यसका लागि आवश्यक दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्न तालिमसमेत सुरु गरिएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार कोशीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पताललगायतमा जलन उपचार सेवा विस्तार गरिनेछ।
पहिलो चरणमा नारायणी अस्पताल र सुर्खेत प्रादेशिक अस्पतालका आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिने एड्भान्स बर्न केयर तालिम दिइएको छ। यसअघि उनीहरूलाई छदिने आधारभूत जलन उपचार तालिम पनि दिइएको थियो। कीर्तिपुर अस्पतालमा सञ्चालन भएको तालिमपछि उनीहरूले आफ्नै अस्पतालमा जलन उपचार वार्ड स्थापना र सेवा विस्तारमा काम गर्नेछन्।
तिहारपछि बाँकी प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि तालिम दिने विभागको तयारी छ। यो योजना सफल भए जलनका बिरामीले उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता केही कम हुने र प्रदेशमै उपचार पाउने अवसर बढ्ने अपेक्षा गरिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!