नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा : युनिसेफ

नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा : युनिसेफ

काठमाडौं । नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थ वायु प्रदूषणको जोखिममा रहेको युनिसेफले जनाएको छ। संस्थाका अनुसार नेपालमा बालबालिका वायु प्रदूषणसँगै खडेरी र अत्यधिक गर्मीजस्ता जलवायुजन्य जोखिममा पनि छन्।

युनिसेफको प्रतिवेदनअनुसार नेपालका करिब ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् भने ५७ लाख बालबालिका अत्यधिक गर्मीको असरमा पर्न सक्ने अवस्थामा छन्।

वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। विशेषगरी उनीहरूको फोक्सो र श्वासप्रश्वास प्रणाली प्रभावित हुन सक्छ। खडेरी र अत्यधिक गर्मीले पनि बालबालिकाको स्वास्थ्य, पोषण तथा दैनिक जीवनमा असर पुर्‍याउन सक्छ।

युनिसेफले बालबालिकालाई जलवायु परिवर्तन र वातावरणीय जोखिमबाट जोगाउन प्रदूषण नियन्त्रण, स्वच्छ वातावरण र प्रभावकारी संरक्षणका उपाय आवश्यक रहेको औँल्याएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP