चर्चामा
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र जापानबीचको सम्बन्ध जनस्तरको सहकार्यका कारण थप बलियो हुँदै गएको बताएका छन्।
उनले दुई देशबीचको मित्रता सरकारस्तरको सम्बन्धमा मात्रै सीमित नभई नागरिकबीचको आपसी सम्बन्ध, सहयोग र सहकार्यबाट पनि विस्तार भइरहेको बताएका हुन्।
मन्त्री खनालका अनुसार नेपाल र जापानबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। शिक्षा, संस्कृति, पर्यटन, व्यापार तथा विकास सहकार्यले दुई देशलाई थप नजिक बनाएको छ।
उनले जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै आपसी सहकार्यका नयाँ अवसर खोज्नुपर्नेमा जोड दिएका छन्।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता जापान नेपालको विकास साझेदारका रूपमा रहँदै आएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!