ममता काफ्ले प्रकरणमा नयाँ खुलासा, श्रीमतीको शव टुक्राटुक्रा पारेको नरेशको स्वीकारोक्ति

ममता काफ्ले प्रकरणमा नयाँ खुलासा, श्रीमतीको शव टुक्राटुक्रा पारेको नरेशको स्वीकारोक्ति

अमेरिका ।अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणले नयाँ मोड लिएको छ। श्रीमतीको हत्या गरेको आरोप लागेका नरेश भट्टले अदालतमा बयान दिँदै ममताको शव काटेर टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्।

तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका छन्। अदालतमा उनले ममताले विषादी र औषधि सेवन गरी आत्महत्या गरेको र आफूले शव व्यवस्थापन गर्न शव काटेको जिकिर गरेका छन्। 

नरेशका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव शयनकक्षमा फेला पारेका थिए। त्यसपछि शवलाई आरा प्रयोग गरेर काटी फोहोरका झोलामा राखेको उनले अदालतमा बताएका छन्।

अभियोजन पक्षले भने घरको कार्पेट, बाथरुम र आरामा भेटिएको रगत ममतासँग सम्बन्धित रहेको फरेन्सिक प्रमाण प्रस्तुत गरेको छ। नरेशले पन्जा लगाएर फोहोर फालेको दृश्य र इन्टरनेटमा गरेका शंकास्पद खोजीलाई समेत प्रमाणका रूपमा पेस गरिएको छ।

ममताको शव अहिलेसम्म फेला परेको छैन। नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवलाई क्षतविक्षत पारेको आरोप छ। उनले आरोप अस्वीकार गर्दै आएका छन्। मुद्दाको अन्तिम फैसला भने आइसकेको छैन। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP