चर्चामा
काठमाडौँ । हिन्दू धर्मावलम्बीले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा सुन, चाँदी, तामा, पित्तललगायत धातुका भाँडाकुँडा तथा गरगहना किन्ने परम्परा छ।
धनतेरसका दिन नयाँ भाँडाकुँडा वा सुनचाँदीका गरगहना घरमा भित्र्याउँदा धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यसै विश्वासका कारण आज बिहानैदेखि बजारका भाँडा पसल तथा सुनचाँदीका गहना पसलमा ग्राहकको चहलपहल बढेको छ।
धनतेरसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशीका नामले पनि चिनिन्छ। यस दिन धनका अधिपति कुबेरको विशेष पूजा आराधना गर्ने परम्परासमेत रहेको छ। साथै, यमपञ्चकको पहिलो दिनका रूपमा साँझ परिवारका सदस्यको सङ्ख्याअनुसार यमदीप दान गर्ने चलन छ। यमदीप दान गर्दा यम यातनाबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको छ।
दसैँपछिको दोस्रो ठूलो नेपाली चाड तिहारको सुरुवातसँगै आजदेखि घर तथा व्यापारिक प्रतिष्ठानमा दीपावली गरी झिलिमिली बनाउने क्रम सुरु हुन्छ। यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार र धनवन्तरी जयन्ती भने शनिबार मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!