धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५ हजार ९०० रुपैयाँ घट्यो

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५ हजार ९०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा धनतेरसकै दिन सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

धनतेरसका दिन सुनचाँदी तथा धातुका भाँडाकुँडा खरिद गर्ने परम्परा रहेकाले मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP