चर्चामा
काठमाडौं । भारतीय फिल्म 'रामायण'ले नेपालमा प्रदर्शनको पहिलो दिनमै राम्रो व्यापार गरेको छ। कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले बिहीबार नेपालमा ५० हजारभन्दा बढी दर्शक तानेको बताइएको छ।
प्राप्त जानकारीअनुसार फिल्मले पहिलो दिन नेपालमा २ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। अग्रिम टिकट बिक्री खुला भएसँगै फिल्मप्रति दर्शकको आकर्षण बढेको थियो।
तिहारलाई लक्षित गरी प्रदर्शनमा आएको फिल्मले शुक्रबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने अनुमान गरिएको छ। उपलब्ध शो संख्या र दर्शकको उपस्थितिले दोस्रो दिन पनि व्यापार राम्रो रहने संकेत गरेको छ।
नितेश तिवारी निर्देशित फिल्ममा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!