त्रिविको स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना खुल्दै, मंसिरमा आवेदन

त्रिविको स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना खुल्दै, मंसिरमा आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाको कार्यक्रम सार्वजनिक गरेको छ।

शिक्षाध्यक्षको कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनाअनुसार मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन संकायका साथै वन विज्ञान, कृषि तथा पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा भर्ना प्रक्रिया अघि बढाइनेछ।

विद्यार्थीले मंसिर महिनाभित्र आवेदन फाराम वितरण तथा बुझाउने प्रक्रिया पूरा गर्नुपर्नेछ। भर्ना भएका विद्यार्थीको कक्षा सञ्चालन २०८३ माघदेखि सुरु गर्ने विश्वविद्यालयको तालिका छ।

यस शैक्षिक सत्रको अन्तिम परीक्षा २०८४ जेठमा सञ्चालन गर्ने र नतिजा २०८४ भदौमा प्रकाशन गर्ने तय गरिएको छ।

विद्यार्थीले आफू भर्ना हुन चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान र विषयका लागि सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ। आवेदनसँगै हालसालै खिचेको फोटो, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी थप विवरण सम्बन्धित डिनको कार्यालयले निर्धारण गर्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP