देउवा समूहले सुवोध प्रधानलाई लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष बनायो

देउवा समूहले सुवोध प्रधानलाई लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष बनायो

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ।

देउवा समूहको ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई अध्यक्षमा मनोनीत गरेका हुन्। संयोजक कोइरालाको सचिवालयका अनुसार प्रधानलाई आगामी छ महिनाभित्र संघको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ।

कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनी यसअघि संघको महासचिवसमेत थिए। प्रधान देउवा समूहबाट कांग्रेसका महासमिति सदस्य पनि हुन्।

देउवा समूहले यसअघि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल दलित संघमा पनि समानान्तर नेतृत्व चयन गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP