रात्रिबसमा महिला यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

रात्रिबसमा महिला यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

कञ्चनपुर । सार्वजनिक रात्रिबसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ मटैनाका २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका-३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।

काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १५६३ नम्बरको रात्रिबसमा मंगलबार महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP