क्यान्सरलाई जितेर डाक्टर बने विधान, १५ वर्षको संघर्षले पूरा गर्‍यो सपना

क्यान्सरलाई जितेर डाक्टर बने विधान, १५ वर्षको संघर्षले पूरा गर्‍यो सपना

१५ वर्षको उमेरमा रक्त क्यान्सरसँग संघर्ष गरेका विधान भट्ट आज चिकित्सक बनेका छन्। किमोथेरापी र बोनम्यारो प्रत्यारोपणजस्ता कठिन उपचारका बीच पनि डाक्टर बन्ने सपना नत्यागेका उनले अन्ततः क्यान्सरलाई जित्दै आफ्नो लक्ष्य पूरा गरेका हुन्।

उपचारकै क्रममा एसएलसीदेखि कक्षा १२ सम्मको पढाइलाई निरन्तरता दिएका विधानले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका छन्। २५ वर्षको उमेरमा उनी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्।

कुनै समय अस्पतालको शय्यामा बसेर डाक्टर बन्ने सपना देखेका विधान आज आफैँ बिरामीको उपचारमा जुटिरहेका छन्। उनको संघर्ष, आत्मविश्वास र दृढ संकल्प धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP