चर्चामा
काठमाडौँ । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित ६ जनाको मृत्यु भएको छ । सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरहाको गोलबजारमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय लटल सदायको मृत्यु भएको छ । बाराको चुरियामाईमा ट्रक र मोटरसाइकल ठोक्किँदा २१ वर्षीय निराजन यादव तथा धनुषाको मिथिला बिहारीमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय राहुल साहले ज्यान गुमाएका छन् ।
त्यस्तै, नवलपरासी पूर्वको कावासोतीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक महिनाका मायुस सारूको मृत्यु भएको छ । गोरखा नगरपालिका–८ मा मोटरसाइकल दुर्घटनामा ३० वर्षीय महेश बानिया र पोखरा महानगरपालिका-६ जरेवरमा भएको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय देव तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!