चर्चामा
दैलेख । तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा भएको झन्डै एक महिना बितिसक्दा पनि नयाँ प्रजिअ नआएपछि दैलेखको प्रशासनिक कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय अहिले सहायक प्रमुख जिल्ला अधिकारीको भरमा सञ्चालन भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम तथा आर्थिक कारोबारमा समस्या देखिएको छ । प्रशासन कार्यालयका २२ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने जीवन निर्वाह भत्ता पाउने ३० जनाको भुक्तानीसमेत रोकिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीका अनुसार प्रमुख जिल्ला अधिकारीलाई मात्र प्राप्त केही आर्थिक तथा न्यायिक अधिकार आफूले प्रयोग गर्न मिल्दैन । यसले गर्दा कानुनी प्रक्रियाअन्तर्गत धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई दिइने क्षतिपूर्ति र विपद् प्रभावितले पाउने राहत रकम वितरणसमेत प्रभावित भएको छ ।
प्रशासन कार्यालयका लेखापाल रूपाखेतीका अनुसार विभिन्न भुक्तानी प्रक्रिया अघि बढ्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाको शान्ति सुरक्षा र प्रशासनिक समन्वयका लागि पनि पूर्ण जिम्मेवारीसहितको नेतृत्व आवश्यक रहेको स्थानीयको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताएका छन् । लामो समयसम्म जिल्लाको प्रशासनिक नेतृत्व रिक्त रहँदा सर्वसाधारणले अनावश्यक सास्ती खेप्नुपरेको भन्दै उनले शीघ्र नियुक्तिको माग गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!