चर्चामा
काठमाडौँ । पञ्चायतकालीन समयमा भूमिगत जीवन बिताइरहेका वामपन्थी नेताहरूलाई आश्रय दिएकी रनधता पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको निधनप्रति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
भक्तपुरको लोकन्थलीमा बस्दै आएकी पोखरेलको बिहीबार साँझ निधन भएको हो । उनको पार्थिव शरीरमा एमाले अध्यक्ष ओलीले पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरे, एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङलगायत आर्यघाट पुगेका थिए ।
पञ्चायतकालमा भूमिगत राजनीतिक गतिविधिमा संलग्न रहेका केपी शर्मा ओली, ईश्वर पोखरेल, अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतका नेताहरूलाई उनले दोलखामा आश्रय दिएको बताइएको छ । उनी पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा हुन् ।
पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा र दुई छोरी छन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!