पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकपट्टननजिकै डेपालपुर सडकखण्डमा शुक्रबार दुर्घटना भएको हो । मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार घाइतेमध्ये आठ जनाको अवस्था सामान्य रहेको छ भने अन्य २५ जनालाई उपचारका लागि पाकपट्टनस्थित अस्पताल लगिएको छ । दुर्घटनापछि उद्धारकर्मीले करिब तीन घण्टासम्म उद्धार अभियान चलाएका थिए । बस र ट्रकका भग्नावशेषमा फसेका यात्रुलाई निकाल्न क्रेनलगायतका उपकरण प्रयोग गरिएको थियो ।

पञ्जाबमा सडक दुर्घटनाको अवस्था भयावह

पाकिस्तानको पञ्जाब प्रान्तमा सडक दुर्घटनाको संख्या उच्च देखिएको छ । गत अक्टोबरमा मात्रै प्रान्तभर ४४ हजार ७९७ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ४६४ जनाको मृत्यु भएको थियो भने २३ हजार ५४३ जना गम्भीर घाइते भएका थिए ।

अभिलेखअनुसार तीमध्ये करिब तीनचौथाइ दुर्घटना मोटरसाइकलसँग सम्बन्धित थिए । सबैभन्दा बढी दुर्घटना लाहोरमा भएका थिए, जहाँ मोटरसाइकलसँग सम्बन्धित ७ हजार ८७४ घटना दर्ता भएका थिए । मुल्तान, फैसलाबाद र गुजराँवालामा पनि ठूलो संख्यामा दुर्घटना भएका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP