चर्चामा
काठमाडौँ । यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । टस जितेको भारतले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरिरहेका छन् । भारतविरुद्ध नेपालका युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर रहेको छ ।
नेपाल समूह 'ए' मा रहेको छ । समूह चरणको पहिलो खेल भारतसँग खेलेपछि नेपालले कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!