चर्चामा
गोरखाको उत्तरी भेगस्थित विकट चुमनुब्री गाउँपालिकाका बासिन्दाले खानेनुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता भोगिरहेका छन्। बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन सामागाउँ र साम्दोजस्ता बस्तीमा प्रतिप्याकेट २०० रुपैयाँसम्म पर्ने गरेको छ।
सडक सञ्जालको पहुँच नहुँदा खच्चडबाट सामान ढुवानी गर्नुपर्ने भएकाले नुनको मूल्य बढेको हो। पाङसिङदेखि साम्दोसम्म एक पोका नुन पुर्याउन मात्रै १०० रुपैयाँ ढुवानी खर्च लाग्ने स्थानीय बताउँछन्। गाउँको भौगोलिक विकटताअनुसार नुनको मूल्य ६० देखि २०० रुपैयाँसम्म पुग्ने गरेको छ।
सरकारले सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान दिए पनि त्यसको लाभ सबै विकट बस्तीका बासिन्दासम्म पुग्न सकेको छैन। सडक विस्तार र ढुवानी व्यवस्थापन प्रभावकारी नहुँदा स्थानीयले दैनिक उपभोग्य वस्तुमा समेत चर्को मूल्य तिर्नुपरेको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!