चर्चामा
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले नेपालमा क्षयरोग (टीबी) नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग र तत्काल स्क्रिनिङ अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
इन्डोनेसियाको बालीमा नोभेम्बर ३ देखि ५ सम्म आयोजित एसिया-प्रशान्त क्षेत्रीय स्वास्थ्य तथा वित्त समितिका सभापतिहरूको बैठकमा सहभागी भएर स्वदेश फर्किएपछि उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।
उनका अनुसार नेपालमा क्षयरोगबाट संक्रमित हुने र मृत्यु हुनेमध्ये झन्डै ६५ प्रतिशत पुरुष छन् । सरकारी तथ्याङ्कमा अस्पतालमा पहिचान भएका बिरामीको विवरण मात्र समेटिने भएकाले अझै हजारौँ संक्रमित उपचार र पहिचानको दायराबाहिर रहेको उनको भनाइ छ । समयमै बिरामी पहिचान हुन नसक्दा समुदायमा संक्रमण फैलिने जोखिम बढिरहेको उनले बताइन् ।
डा. शेरचनले लुकेर रहेका संक्रमित पत्ता लगाउन द्रुत स्क्रिनिङ र अत्याधुनिक निदान उपकरण आवश्यक रहेको उल्लेख गरिन् । बालीमा भएको बैठकमा लक्षण नदेखिएका बिरामीसमेत पहिचान गर्न सक्ने एआई प्रविधिमा आधारित छातीको एक्स-रे तथा उच्च जोखिममा रहेका समुदायमा तत्काल परीक्षण गर्न सकिने 'नियर पीओसी' प्रविधिको प्रयोगबारे छलफल भएको थियो ।
बैठकमा क्षयरोग नियन्त्रणका लागि आवश्यक प्रविधि र स्वास्थ्य अभियानमा पर्याप्त बजेट छुट्याउन सरकारलाई पर्ने चुनौतीबारे पनि विभिन्न देशका सांसदहरूले विचार आदानप्रदान गरेका थिए । भ्रमणका क्रममा सभापति शेरचनले इन्डोनेसियाका स्वास्थ्य तथा अर्थमन्त्री, ग्लोबल टीबी ककसका अध्यक्ष लर्ड निक हर्बर्टलगायतसँग भेटवार्ता गरेकी थिइन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!