गोरखामा पहिरोले खोला थुनियो, डेढ सय मिटरको ताल बन्यो; बुढीगण्डकी क्षेत्रमा बाढीको जोखिम

गोरखामा पहिरोले खोला थुनियो, डेढ सय मिटरको ताल बन्यो; बुढीगण्डकी क्षेत्रमा बाढीको जोखिम

गोरखा । गोरखाको साम्दोस्थित लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । पहिरोका कारण खोलामा करिब डेढ सय मिटर लामो ताल बनेको स्थानीयले बताएका छन् ।

ताल फुट्न सक्ने जोखिम रहेकाले बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । स्थानीयका अनुसार ताल एकैपटक फुटेमा बुढीगण्डकीमा ठूलो बाढी आउन सक्ने जोखिम छ ।

घटनास्थलमा रहेका स्थानीय निमा दोर्जेका अनुसार तत्काल ताल फुट्ने अवस्था देखिएको छैन । आवश्यक उपकरण उपलब्ध भए थुनिएको खोला खोल्न सकिने सम्भावना रहेको उनले बताएका छन् । रेमुनाङ खोला बुढीगण्डकीको मुहान नजिकै रहेको छ ।

गोरखा प्रहरीले पनि पहिरो खसेर खोला थुनिएको सूचना प्राप्त भएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनिल खड्काले प्रहरी घटनाबारे जानकारी लिँदै सम्पर्कमा रहेको र आवश्यकताअनुसार सूचना जारी गर्ने बताएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP