झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद

झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद

झापा । प्रहरीले झापाको मेचीनगर नगरपालिका-५ स्थित चिया बगानबाट ५५७ केजी गाँजा बरामद गरेको छ ।

शुक्रबार बिहान सिर्जना चोकस्थित स्थानीय टेकेन्द्र थापाको निजी चिया बगानमा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्लास्टिकसहित तौल गर्दा गाँजाको परिमाण ५६२ किलो ८०० ग्राम रहेको थियो । प्लास्टिक हटाउँदा ५५७ केजी गाँजा रहेको पुष्टि भएको छ ।

बरामद गाँजा आवश्यक मुचुल्का गरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP