चर्चामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फीको मौज्दात सकिएको छ । बुधबारदेखि बिक्री सुरु गरिएको सुनको असर्फी स्टक सकिएपछि अब चाँदीको सिक्का मात्रै बिक्री हुने भएको छ ।
राष्ट्र बैंकले आजका लागि १० ग्रामको चाँदीको सिक्काको मूल्य ३ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि बुधबार र बिहीबार सुनको असर्फीको मूल्य निर्धारण गरी बिक्री गरिएको थियो ।
तिहारलाई लक्षित गरी राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । सुनको असर्फी सकिएपछि चाँदीका सिक्का खरिद गर्न चाहनेले तोकिएको मूल्यमा टक्सार महाशाखाबाट खरिद गर्न सक्नेछन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!