सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किएर आगलागी, ८० प्रतिशत सामान जलेर नष्ट

सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किएर आगलागी, ८० प्रतिशत सामान जलेर नष्ट

काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने आगलागीबाट ट्रकमा रहेको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ।

काठमाडौँबाट कृष्ण ट्रान्सपोर्टको सामान लिएर इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२-ख १२३६ नम्बरको ट्रक र स्कुटर ठोक्किएपछि ट्रकमा आगो लागेको हो।

दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार बख्रेलको अवस्था सामान्य छ र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। अधिकारीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यस घटनाप्रति प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चासो व्यक्त गरेका छन्। उनले सम्बन्धित निकायसँग घटनाबारे जानकारी लिनुका साथै आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग पनि सम्पर्क गरी घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिएका थिए। उनले घाइतेहरूको उचित उपचार र घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP