चर्चामा
काठमाडौं । विद्यालयको विद्यार्थी विवरण राख्ने सरकारी प्रणालीमै ठूलो संख्यामा दोहोरो विवरण भेटिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयको प्रारम्भिक अध्ययनमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई-एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएको हो।
यस विषयको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको छ। सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य छन्। विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी सदस्यसचिव रहेका छन्।
विद्यार्थीको विवरण दोहोरिँदा उनीहरूका नाममा सरकारले उपलब्ध गराउने विभिन्न शैक्षिक सुविधा र अनुदानमा अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ। विशेषगरी छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाक, पाठ्यपुस्तक तथा अन्य सुविधाका लागि छुट्याइएको सरकारी रकम दुरुपयोग भएको हुन सक्ने मन्त्रालयको आशंका छ।
समितिले प्रणालीमा एउटै विद्यार्थीको विवरण पटकपटक राखिनुको कारण पत्ता लगाउनेछ। यस्तो समस्या प्राविधिक त्रुटिका कारण भएको हो वा सरकारी सुविधा लिन नियतवश गलत विवरण राखिएको हो भन्ने विषयमा समेत अध्ययन गरिनेछ।
छानबिनबाट गलत विवरण राखेर सरकारी रकम दुरुपयोग गरेको पुष्टि भए सम्बन्धित विद्यालय, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गरिनेछ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!