चर्चामा
सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोरअन्तर्गतको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा चट्टानसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा यातायात ठप्प भएको हो।
सडक अवरुद्ध भएपछि गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने तथा ती क्षेत्रबाट गुल्मीतर्फ आउने सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरू समेत गन्तव्यमा पुग्न नपाउँदा समस्यामा परेका छन्।
पहिरो खसेको जानकारी पाएलगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र कालीगण्डकी गाउँपालिकाको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको छ। सडक माथिबाट चट्टानसहितको पहिरो झर्ने क्रम जारी रहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ।
यसैबीच, सडक डिभिजन पाल्पाले उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम अघि बढाएको जनाएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त मार्ग भएर यात्रा गर्ने यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!