यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ

यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ

काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका-३, तिलकेनीका जीवन बम रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार गत कात्तिक १७ गते बसमा यात्रा गर्ने क्रममा आफू दुर्व्यवहारमा परेको भन्दै पीडित युवतीले प्रहरीमा निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार महाकाली यातायातको सुपप्र ०२-००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा घटनासम्बन्धी दृश्य कैद भएको थियो। उक्त दृश्य सार्वजनिक भएपछि घटनाले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको थियो। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP