चर्चामा
अमेरिकाको जर्जिया राज्यस्थित पेरी अस्पतालमा कार्यरत एक रेडियोलोजी प्राविधिकले १ हजार २ सय ८९ जना महिलाको स्तन क्यान्सर परीक्षणसम्बन्धी रिपोर्टमा नक्कली नतिजा प्रविष्ट गरेको घटना सार्वजनिक भएको छ।
सन् २००९ देखि २०१० सम्म अस्पतालमा कार्यरत रेचेल राप्रेगरले म्यामोग्राम परीक्षणका रिपोर्ट रेडियोलोजिस्टबाट समीक्षा गराउनुपर्ने जिम्मेवारी पाएकी थिइन्। तर, कामको चापका कारण रिपोर्ट समीक्षा हुन बाँकी रहेपछि उनले अस्पतालको कम्प्युटर प्रणालीमा आफैँले नक्कली रूपमा क्यान्सरको संकेत नरहेको अर्थात् नेगेटिभ नतिजा प्रविष्ट गरेको पाइएको थियो। यसरी उनले कुल १ हजार २ सय ८९ वटा परीक्षणको नतिजा गलत रूपमा प्रविष्ट गरेकी थिइन्।
यस घटनाका कारण १० जना महिलालाई स्तन क्यान्सरको सम्भावित संकेत हुँदाहुँदै पनि उनीहरूको रिपोर्ट सामान्य रहेको जानकारी दिइएको थियो। जसका कारण उनीहरूको थप परीक्षण तथा उपचारमा ढिलाइ भएको थियो। पछि ती सबै १० जना महिलामा स्तन क्यान्सर पुष्टि भएको थियो भने उपचारमा भएको ढिलाइपछि दुई महिलाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।
घटनामा संलग्न राप्रेगरले सन् २०१४ मा लापरवाहीपूर्ण कार्यसम्बन्धी १० वटा र कम्प्युटर जालसाजीसम्बन्धी एउटा अभियोग स्वीकार गरेकी थिइन्। उनलाई अधिकतम ६ महिनासम्म हिरासत, १० वर्षको निगरानी अवधि, १२ हजार ५ सय अमेरिकी डलर जरिवाना तथा १० वर्षसम्म स्वास्थ्य सेवासम्बन्धी क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाउने सजाय सुनाइएको थियो।
यस घटनाले स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सानो लापरवाहीले पनि बिरामीको जीवनमा गम्भीर असर पार्न सक्ने देखाएको छ। विशेषगरी क्यान्सरजस्ता रोगको पहिचान र उपचारमा समयमै सही परीक्षण नतिजा उपलब्ध हुनु कति महत्त्वपूर्ण छ भन्ने विषयलाई यस घटनाले पुनः उजागर गरेको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!