चर्चामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्ने तयारी गरेको जनाएको छ ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । तर, सो अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण रहेकाले मागभन्दा उत्पादन बढी हुने कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन् ।
पर्वका समयमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिभर विद्युत् आपूर्ति सहज बनाउन प्रणालीको नियमित निगरानी, मर्मतसम्भार तथा आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
प्रसारणलाइन तथा वितरण प्रणालीमा बाँकी रहेका निरीक्षण र मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न तथा विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल समाधान गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, विद्युत् सेवासम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउन र उपभोक्ताका समस्या छिटो समाधान गर्न पनि निर्देशन दिइएको छ ।
प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन उपभोक्तालाई आग्रह गरेको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!