विश्वमञ्चमा चम्किइन् रोजी, एकैपटक तीन अन्तर्राष्ट्रिय ताज

विश्वमञ्चमा चम्किइन् रोजी, एकैपटक तीन अन्तर्राष्ट्रिय ताज

ललितपुर। नेपाली व्यवसायी तथा मोडल रोजी श्रेष्ठले थाइल्यान्डको बैंककमा आयोजित ‘क्लासिक मिसेस एसिया इन्टरनेसनल’ प्रतियोगितामा तीनवटा अन्तर्राष्ट्रिय उपाधि जितेकी छन्।

१६ देशका प्रतिस्पर्धी सहभागी प्रतियोगितामा श्रेष्ठले ‘मिसेस एसिया फ्रेन्डसिप विनर’, ‘मिसेस ट्यालेन्ट क्विन’ र ‘मिसेस कन्फिडेन्स एसिया’ उपाधि हासिल गरेकी हुन्।

यसअघि ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड’ को विजेता बनेकी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। प्रतियोगिताका क्रममा उनले नेपाली कला, संस्कृति र परम्परा झल्काउने प्रस्तुति दिएकी थिइन्। कुमारी नृत्यमार्फत नेपालको मौलिक संस्कृति अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेकी उनले तीनवटा उपाधि जित्न सफल भएकी हुन्।

करिब २५ वर्षदेखि व्यवसायमा सक्रिय श्रेष्ठ प्रिन्टिङ व्यवसाय सञ्चालन गर्दै आएकी उद्यमी हुन्। उनी ‘रोसीआर्ट डिजिटल प्रिन्ट्स’ मार्फत व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएकी छन्। व्यवसायसँगै गायन र मोडलिङमा समेत सक्रिय उनले पछिल्लो समय ‘तिम्ले फूल दियौ’ गीत सार्वजनिक गरेकी छन्।

धनुषाको मिथिला नगरपालिका–११, दूधपानी, चुरे स्थायी घर भएकी श्रेष्ठ हाल ललितपुरको धापाखेलमा बसोबास गर्दै आएकी छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त तीन उपाधिले श्रेष्ठलाई नेपाली उद्यमी तथा कलाकारका रूपमा थप अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP