चर्चामा
काठमाडौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन जारी गरेको छ।
प्रशासनले देउसी–भैलो खेल्दा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ।
त्यस्तै, ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा माइक, लाउडस्पिकर तथा बाजा बजाउन नपाइने जनाएको छ। अस्पताल, स्वास्थ्य संस्था, विद्यालय तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।
कुनै घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा सञ्चालकको अनुमति लिनुपर्ने प्रशासनले जनाएको छ। जबर्जस्ती देउसी खेल्ने वा दक्षिणा माग्ने कार्य नगर्न पनि सचेत गराइएको छ।
प्रशासनले पटाका, आतसबाजी, भुइँचम्पा, रकेट तथा विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण र भण्डारण नगर्न निर्देशन दिएको छ।
त्यस्तै, सडक, चोक, गल्ली तथा फुटपाथमा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध गर्न नहुने, कसैलाई धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने जनाएको छ।
बालबालिकालाई अभिभावकको निगरानीमा राख्न, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति नपुर्याउन, फोहोरमैला नगर्न तथा जातजाति, धर्म, भाषा र समुदायबीच द्वेष फैलाउने गीत तथा गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ।
निर्देशन उल्लंघन गरी सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक सम्पत्तिमा असर पुर्याउने गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!