चर्चामा
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो हटाइएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो १ बजेर ४० मिनेटदेखि सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिमखण्डले जनाएको छ।
पहिरो हटाउन ६ वटा मेसिन तथा उपकरण परिचालन गरिएको थियो। पहिरो पन्छाएसँगै अवरुद्ध सडक खुलाइएको र हाल यातायातका साधन दुवैतर्फ निर्बाध रूपमा सञ्चालन भइरहेको सडक योजनाले सूचना जारी गर्दै जानकारी दिएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!