चर्चामा
काठमाडौँ । रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित मंगलबार र बुधबार संयुक्त अरब इमिरेट्सको अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुँदैछ।
यसअघि अमेरिकी मध्यस्थतामा जनवरी र फेब्रुअरीमा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि तीनै देश पुनः वार्तामा बस्न लागेका हुन्।
अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहयोग र शान्ति स्थापनाका आगामी कदमबारे छलफल हुनेछ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, युद्धबन्दी आदानप्रदान र तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन्।
वार्तामा अमेरिकाबाट विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन्। रुसी टोलीको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले गर्नेछन् भने युक्रेनी टोलीको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन्।
यसैबीच, युरोपेली सङ्घले पनि वार्तामा आफ्ना सहयोगीसँगै उपस्थित रहने जनाएको छ। तर युरोपेली प्रतिनिधिहरू औपचारिक वार्तामा सहभागी हुने वा पर्यवेक्षकको भूमिकामा रहने भन्ने अझै स्पष्ट भएको छैन।
रुसले भने वार्ता युक्रेन, रुस र अमेरिकाबीच मात्र हुने अडान राखेको छ। युक्रेनी प्रतिनिधिमण्डलका सदस्य दाभिड अराखामियाले तत्काल ठूलो उपलब्धिको अपेक्षा नरहे पनि लामो समयपछि त्रिपक्षीय वार्ता पुनः सुरु हुनु सकारात्मक भएको बताएका छन्।
युरोपेली सङ्घले यसअघि युक्रेनलाई ७० अर्ब युरो सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई गम्भीर हुन आग्रह गरेको थियो।
लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ। तर, युद्धविराम र शान्ति सम्झौतामा ठोस सहमति जुट्ने सम्भावना भने अझै अनिश्चित छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!