चर्चामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणको तयारी तीव्र पारिएको छ। आगामी नोभेम्बर २२ देखि २४ सम्म हुने भनिएको भ्रमणलाई लिएर नेपाल र भारतबीच कूटनीतिक छलफल अघि बढेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइएको र भ्रमणको मिति तथा कार्यक्रमबारे दुवै देशबीच छलफल भइरहेको बताएका छन्।
भ्रमणका क्रममा व्यापार, ऊर्जा, जलविद्युत्, सडक तथा हवाई सम्पर्क, विकास साझेदारी र सीमा व्यवस्थापनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यो प्रधानमन्त्री शाहले गत मार्चमा पदभार सम्हालेपछि गर्न लागेको पहिलो भारत भ्रमण हुनेछ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!