चर्चामा
काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाइरहेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विक्रम संवत् ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ। त्यसैले नेपाल संवत्लाई ऋणमुक्तिको प्रतीकका रूपमा समेत लिइन्छ।
नयाँ वर्षको अवसरमा आज नेवार समुदायले म्हः पूजा पनि गर्दैछन्। म्हः पूजालाई आफ्नै शरीर तथा आत्माको पूजा गरी आत्मालाई सन्तुष्ट, स्वस्थ र प्रसन्न राख्ने मौलिक परम्पराका रूपमा लिइन्छ।
नेपाल संवत् नयाँ वर्षले नेपाली मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षणसँगै सामाजिक एकता र सद्भावको सन्देश दिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!