इरानसँग फेरि युद्ध हुँदैन : ट्रम्प

इरानसँग फेरि युद्ध हुँदैन : ट्रम्प

काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः युद्ध सुरु हुने सम्भावना निकै कम रहेको बताएका छन्। तर इरानले अमेरिकासँग भरपर्दो सम्झौता नगरे आवश्यक परे सैन्य कारबाही गर्न सकिने चेतावनीसमेत दिएका छन्।

इरान र अमेरिकाबीच आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा तथा सैन्य गतिविधिका विषयमा लामो समयदेखि तनाव रहँदै आएको छ। ट्रम्पको पछिल्लो अभिव्यक्तिले तत्काल युद्धको सम्भावना कम रहेको सङ्केत गरे पनि दुई देशबीचको विवाद पूर्ण रूपमा समाधान भइसकेको छैन।

सम्झौता नभए सैन्य विकल्प खुला राख्ने अमेरिकी चेतावनीले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप चासोको विषय बनाएको छ। अब अमेरिका र इरानबीच कूटनीतिक वार्ता अघि बढ्छ वा पुनः तनाव चुलिन्छ भन्ने विषय अन्तर्राष्ट्रिय चासोमा परेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP