शुभसाइतमा भाइटीका, दिदीबहिनीको हातबाट दाजुभाइले लगाए सप्तरङ्गी टीका

शुभसाइतमा भाइटीका, दिदीबहिनीको हातबाट दाजुभाइले लगाए सप्तरङ्गी टीका

काठमाडौं। दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। भाइटीकाको शुभसाइतमा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिँदै दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

शुभसाइतमा दिदीबहिनीले दाजुभाइलाई टीका, मखमली, सयपत्री र दुबोको माला लगाइदिएका छन्। त्यसक्रममा ओखर, कटुसलगायतका फलफूल तथा मिठाई र विभिन्न परिकार सगुनका रूपमा प्रदान गर्ने परम्परा पनि निर्वाह गरिएको छ। दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गरेका छन्।

धार्मिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनासँग जोडिएको यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखमय जीवनको कामना गर्ने परम्परा छ। सप्तरङ्गी टीकाले जीवनमा सुख, शान्ति र समृद्धिको प्रतीकात्मक अर्थ बोकेको विश्वास गरिन्छ।

भाइटीकाका अवसरमा रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा घरबाहिर रहेका दाजुभाइ तथा दिदीबहिनीसमेत परिवारसँग भेटघाट गर्न घर फर्किएका छन्। टाढा रहेका कतिपयले भने प्रविधिको माध्यमबाट शुभकामना आदानप्रदान गर्दै पर्व मनाएका छन्।

वर्षमा एकपटक आउने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पारिवारिक एकता, प्रेम र सद्भावको सन्देश दिएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा टीका लाएका छन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP