चर्चामा
काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्।
अमेरिकाको प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा मृत शरीरको अपमान गर्ने गरी तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको हो। फैसलासँगै नरेशको धरौटीसमेत खारेज गरिएको छ।
ममता सन् २०२४ जुलाईमा अमेरिकाबाट बेपत्ता भएकी थिइन्। उनी सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा उनका पति नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेको थियो।
मुद्दाको सुनुवाइका क्रममा नरेशले ममतालाई बेडरुममा अचेत अवस्थामा भेटेको र बचाउने प्रयास असफल भएपछि शव टुक्राटुक्रा पारेको बयान दिएका थिए। तर उनले ममताको हत्या गरेको आरोप अस्वीकार गर्दै आएक थिए।
अभियोजन पक्षले घटनासँग सम्बन्धित फरेन्सिक प्रमाण, निगरानी दृश्य, फोन विवरण तथा अन्य प्रमाण अदालतमा प्रस्तुत गरेको थियो। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
नरेश भट्टलाई आगामी सन् २०२७ मार्च १२ मा सजाय सुनाउने तय भएको छ। प्रथम श्रेणीको हत्यामा उनलाई २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।
नेपाली समुदायमा निकै चर्चित बनेको यस घटनामा आएको फैसलालाई ममताको परिवारका लागि न्यायको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!